२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दबाबदिन पुष्पकल दाहाल लगाएत बहुमत सचिवालय सदस्य बालुवाटार पुगेका छन् । ओलीलाई बैठकका लागी मनाउन उनिहरु लिखितपत्र सहित बालुवाटार पुगेका हुन् ।
शुक्रबार बसेको सचिवालयको अनौपचारिक बैठकले ओलीलाई भेटेर सामुहिक आग्रह गर्ने निर्णय गरेको थियो । आज बिहानपार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाधयक्ष बामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठसहभागी अनौपचारिक बैठकपछि उनिहरु बालुवाटार पुगेका हुन् ।
नेकपाभित्र पछिल्लो समय गुटबन्दी बिबाद चर्किएको छ । कार्यकारी अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले पार्टी विभाजन भईसकेको र औपचारिकता मात्रै बाँकी रहेको दाबी गरेका थिए । दाहालको यस्तो भनाईपछि सचिवालयको अनौपचारिक बैठकले एकताका लागि ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको थियो ।
यस्तै शुक्रबार र आजको बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोख्रले, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल भने सहभागी भएका थिएनन् ।





