२३ कात्तिक, काठमाडौं । बिश्वको महाशक्ती राष्ट् अमेरिकाको राष्ट्रपतीय निर्बाचन बिश्वमा चाखलाग्दो हुनु स्वभाविकै हो । कम्युनिष्टहरुले साम्राज्यबादीको संज्ञा दिने अमेरिकाको प्रत्यक्ष प्रभाव बिश्वसहित नेपालमा पनि छ । राष्ट्रपती डोनाल्ड ट्रम्प र जो बाईडेनबिच भएको प्रतिष्पर्धामा जो वाईडेनले अमेरिकाको राष्ट्रपनि बन्ने शुवर्ण अवशर पाएका छन् । मिडियादेखी सबैलाई तुच्छ भाषामा गाली गलौजमा उत्रिने बानी भएका ट्म्प पछिल्लो समय बिश्वमा नै आलोचनाको केन्द्र भएका थिए ।
निर्बाचनको केही राज्यहरुको मतगणना आफूले हार्ने भएपछि रोक्न अदालतमा दिनबेदन दिनसमेत पछि नपरेका ट्रम्पले आखिरिमा राष्ट्रतीमा हार खान बाध्य भए । लोकतन्त्रको राजा ठानीएको अमेरिकाको राष्ट्रपतीमा प्रायः एकपटक निर्बाचन जितेपछि अर्को कार्यकालपनि जनताले जिताएको अनुभव हुँदाहुँदै ट्रम्पले दोस्रो कार्यकाल चलाउन सकेनन् । २०१६ मा राष्ट्रपछि बनेका ट्म्पले अर्को कार्यकाल राष्ट्रपति निर्बाचन मा विजय हाँशिल गरेका भए २०२४ सम्म राष्ट्रपति बन्ने अवशर पाउने थिए । तर अमेरिकी जनताको बिबेकपूर्ण निर्णयका कारण ट्रम्पले हारेका छन् । उनले यो निर्बाचन जितेका भए २०२४ पछि राष्ट्रपतीमा निर्बाचन लड्न पाउँदैनथिए ।
७७ बर्ष पुगेका जो वाईडेनले अमेरिकाको राष्ट्रपतिमा निर्बाचन जित्नुले उनी कति जनसेवामा कृयाशील छन् र उनले कति अमेरिकी जनताको मन जितेका छन् भन्ने त्यतीकै पुष्टी हुन्छ । जो वाईडेनले निर्बाचन जितेसँग ट्रम्पको लज्जास्पद हार भएको टिप्पणी राजनीतिक बृतमा हुन थालेको छ । अमेरिकाको राष्ट्रपतिले दोस्रो कार्यकालको लागि हुने निर्बाचनमा प्रायः हारेको इतिहास नभएकोले पनि ट्रम्पको हारलाई लज्जास्पद भनिएको हो ।





