२२ कार्तिक, काठमाण्डौं । नेपाल देशको अग्रणी अनलाइनबजार, दराजले ‘लाइभ अनौन्स्मेण्ट’ कार्यक्रममार्फत दराज११११को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाउदछ।
यस वर्षको११११ सेलमा ग्राहकहरुले विशेष छुटपाउनुका साथ् ८लाख बराबरको टिभीएस अपाचे आरआर३१० जित्नेमौका पनि पाउनेछन्। ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, एनआईसीएशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २०५ (अधिकतमरु३०००), सम्मको छुट पाउने छन। त्यस्तैगरी, ग्राहकहरूले दराज माइसेवा वालेटमार्फत भुक्तानी गर्दाछुट पनि पाउनेछन्।
११.११मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसंग ग्यालेक्सी एसट्वेन्टी एफइ विश्वको सर्वश्रेष्ठ मूल्य ६९,९९९मापाउने छन। त्यस्तैगरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होमग्लोरी, आमाइरा, फेशन हाउस, न्युब्यालेन्स, टिभियस जस्ता ब्रान्डहरुमा पनि ६०प्रतिशत सम्मछुट पाउनेछन। साथै प्रीमियम प्रायोजकको काकोलाले पनि११.११को अवसरमा विशेष अफरहरू घोषणा गर्नेछ। दराजले ग्राहकहरुलाई ११.११मा लाइभ भिडियोहरू, फ्ल्याससेल, बन्डलअफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडोटूर्नामेन्ट, अर्लीबर्डअफर, एनसेल मोबाइल रिचार्ज छुट, रवनरुपी गेमर मिशन११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्दैछ।
११.११सम्बन्धी मिडिया र ग्राहकहरूको केही प्रश्नहरूको जवाफदिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रमका होस्ट प्रसिद्ध मिडिया व्यक्तित्व सूरज सिंह ठकुरी थिए भने मुख्य वक्ताहरु दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंग, डेक्स प्रमुख, सन्तोष बिष्ट र मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदी थिए। वक्ता सन्तोष विष्ट र सम्झना सुवेदीले कम्पनीको सबभन्दा महत्वपूर्ण पक्षहरु ग्राहक सेवा र संचालनले यस एकदिनको सेललाई सफल बनाउनेगरि रहेको तयारी बारे बोले।





