आर्थिक

ज्योति विकास बैंक द्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको शुरुवात​

१६ मङ्सिर, काठमाडौँ । विकास बैंक लिमिटेडले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा संचालनमा ल्याएको छ। सोसेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको Jyoti Smart App बचत मार्फत बैंकको काउन्टरमारहेको क्यु आर कोड (QR Code) स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्।

स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकमझिक्न सकिने छ। बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ​। सोसेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन​। आधुनिक बैंकिंग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याईएको हो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको छ ।