आर्थिक

नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

१९ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त बैंकले मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन राजविराज नगरपालिकाका मेयर श्री शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।