शोभा रावत/ २० मंसिर, कठमाडौं । झण्डै ८/९ महिनादेखी जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद झनै बढ्दै गएको छ । पार्टीमा मुख्यतः दुई गुटको कारण पार्टीको आन्तरिक बिबाद यतिबेला चरम उत्कर्समा पुगेको छ । नेकपाको विवाद राजनीतिमा चासो लिनेहरुलाई मात्र नभई सामान्य नागरिक, स्कुल कलेज पढ्ने बिद्यार्थि, किशान सबैलाई जानकारी भैसकेको छ ।
नेकपा विवाद मिलाउन होस् वा बिबाद बढाउन होस् हरेक समयमा कहिले चिनियाँ पक्ष, त कहिले भारतीय पक्ष सक्रिय बनिरहेका देखिन्छन् । पछिल्लो समयमा भने चिनीया राजदूत नेकपा बिबाद मिलाउन सकृय रहेको देखिएको सही हो ।
पटक–पटकको बैठकबाट मिलाउने प्रयास भएपनि नेकपा बिबाद झनै बढ्दै गएको देखिएको छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहाल नै एक–अर्काप्रति आरोप–प्रत्यारोपमा लिखिर रुपमा नै उत्रिसकेका छन् । मुलुकमा कोरोना संकट सुरु भएदेखी नै सुरु भएको नेकपाको आन्तरिक कलह पार्टी फुट तर्फ नै संकेत गरेको देखिन्छ । बिगतमा फुट भोगिसकेका कारणमात्र फुट आउन ढिला भएको तर नेकपा पुट्ने भन्ने राजनीतिक बिश्लेशकहरुले तर्क दिईरहेका छन् ।
एकातिर मुलुकमा कोरोना संक्रमणको गति रोकिएको छैन कयौं, कोरोनाका कारण थप युवा वेरोजगार भएका छन्, कयौंले संक्रमणका कारण दिन दिनै ज्यान गुमाईरहेका छन्, कोरोना परिक्षणको दर घट्दो क्रममा छ, भ्रष्टाचार बढेको बढ्यै छ, एम्नेष्टी ईन्टरनेशनलले नै नेकपा अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लाग्छन् भन्ने आरोप लगाईसकेको छ भने अर्काे तर्फ सरकारको नेतृत्व गरेको ठुलो दल नेपाल कम्युनिष्ट पार्टी नेकपा नागरिकको जिवन भन्दा पनि पार्टी जुट–र– फुटकै झमेलामा रुमलिरहेको छ ।
मुलुक, कोरोना र विकासका कुरा पनि गर्न छाडेको सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ । दुई अध्यक्ष रिसाएका साँढे झैँ सिँगौरी खेलिरहेका छन् । दुबै कुनैपनि लचिलो वा पछि हट्ने मुडमा देखिएका छैनन् । नेकपाको तल्लो तह वा दोस्रो तेस्रो पुस्तामासमेत पार्टी विवाद मिलाउने मेलोमेसो भन्दा बालुवाटार र खुमलटारको भेटघाटलाई जारी नै राखेर फुटलाई मलजल गर्ने प्रवृति बढेको देखिन्छ । दैनिक दुई गुटका छुट्टा छुट्टै भेला बैठकहरु पनि हुने गरेका छन् । जसले गर्दा नेकपाका शिर्ष नेताहरुको सम्बन्ध चिसिँदै गएको पनि देखिएको छ ।
यस्तै पार्टीका दुई अध्यक्षबीच गत कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट बोलचाल ठप्प छ । केहि समय अघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले डाकेको सचिवालय बैठकमा समेत अर्काे अध्यक्ष केपी शर्माओली विभिन्न बहाना बनाउँदै अनुपस्थित भए । सोहि बैठक शनिबार फेरि बस्दै छ तर आजको बैठकमा पनि ओलीको उपस्थित हुने नहुने केहि निश्चित भएको ओली निकट श्रोतको भनाई छ । पछिल्लो समय दुई अध्यक्ष एउटै बैठकमा बस्नसमेत बिभिन्न बहाना बनाई रहेका छन् ।
यता विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई केही मध्यमार्गी नेताहरूले घच्घच्याइरहेका पनि छन् । सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे उक्त भेटलाई ‘अर्थपूर्ण’ रुपमा हेरिएको राजनीतिक बृतमा बिश्लेषण भने गरिएको छ ।
नेताहरू २० गते शनिबारसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका थिए । तर आजको मिति सम्मपनि दुवै पक्ष भने टसमस देखिएका छैनन् । दुबै पक्ष आ–अफ्नै अडानमा अडिक रहेका छन् । ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत र अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने अडानमा रहेका छन् ।
यस्तै ओली पक्षले भने केहि समय बैठक रोकेर अध्यक्षद्वयबीच थप संवाद गर्नुपर्ने मत राखिरहेकाले पनि शनिबारको बैठक बस्ने या नबस्ने पनि निश्चित भएको छ । यद्यपी कार्यकारी अध्यक्ष दाहाल भने सचिवालय बैठकमा छलफलका लागि आएका सबै दस्तावेजलाई स्थायी कमिटिमा लगेर टुँग्याउनुपर्नेमा छन् । दुई अध्यक्षको आ–आफ्नै अडान रहेका कारण पनि आजको बैठक अनिश्चित जस्तै बनेको छ । पार्टी बिबाद समाधानको साटो दुई अध्यक्ष आ–आफ्नै अडानमा रहेका छन् ।
यता दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए । परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए । तर, यसपटक उनीहरूको प्रयास सफल हुन सकिरहेको छैन । उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन् ।
दुई अध्यक्ष एक अर्का प्रति दोसारोपणमै हराई रहेका छन् । नेकपाको आन्तरिक बिबादले पार्टीमा मात्र नभई मुलुकको हरेक कार्य प्रभावित पारिसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारदेखी आज मुलुकका हरेक नागरिक आजित बनेका छन् । यकातिर बिश्वभर फैलिएको कोरोना संक्रमणले मुलुकमा महमारिको रुप लिईरहेको छ भने सरकार आफ्नै कलहमा व्यस्त भएकोे देखेरे मुलुकमा सम्पुर्ण नागरिक सरकारसंग रुष्ट छन् ।
नागरिकको समस्या समाधान गर्नका लागि बनेको सरकार आज आफ्नै आन्तरिक समास्या, घरायसी कलह मिलाउनमा सिमित देखिएको छ । साथै पछिल्लो समय प्रधानमन्त्री ओलीको ‘रअ’ प्रमुखसंगको ३ घण्टालामो गोप्य भेठवार्ता, आफ्ना बिरुद्ध उत्रनेलाई धरपकड, हत्यासम्म उत्रिएको ओली सरकारको अहिले चौतर्फि बिरोध मात्रै भएको छैन सरकारको बिकल्प समेत खोज्न थालिएको छ । अध्यक्ष
जसको परिणाम र ओली सरकारको नालायकी पनका कारण मुलुकमा राजावादीहरु सलबलाउन थालेको आरोप पनि गणतन्त्रबादीहरुले लगाउन थालेका छन् । राजाबादी आन्दोलनलाई ओली सरकारको क्रियाकलापबाट आजित भएका नागरिकहरुले पनि साथ दिई रहेको सामाजिक सञ्जालबााट आएका सर्बसाधारणका प्रतिकृयाले पुष्टी गरेको छ । आजभोली दैनिकजसो मुलुकका विभिन्न स्थानमा ‘राजा आउ देश बचाउ’ भन्दै आन्दोलनहरु सुरु भएका छन् । तर सरकारलाई यो कुराप्रति कुनै चासो भएको देखिदैन, सरकारले यस बिषयमा खासै प्रतिकृया दिएको पनि देखिदैन । त्यहि राजा फाल्नलाई १७ हजार नेपालीले ज्यानको बलिदानी दिए तर आज मुलुकको वर्तमान सरकारको रबैयाका कारण सम्पुर्ण जनतामा फेरी राजाको आवस्यकता महसुश हुन थालेको बहस हुनु नेकपाका नेताहरुको लाज्जाबोधको बिषय हुनुपर्ने भएपनि सबै मौन छन् ।
मुलुकमा भ्रष्टाचार, बलात्कारका घटना, हत्या, हिँसा दिन–प्रतिदिन बढ्दो क्रममा छ । ठुला ठुला भ्रष्टाचारीको संरक्षणमा स्वयम् प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा रहेको भनि तथ्यांक समेत सार्वजनिक गरेको अवस्थालाई अध्यक्ष दहालले आफ्नो प्रतिबेदनमा स्पष्ट गरेका छन्, त्यसको नेपाली जनतामा प्रशासासमेत पाएको छ ।
मुलुकमा भ्रषटार बढेको भनि अन्तराष्ट्रिय निकायले प्रतिवेदन सार्वजनिक गर्नु मुलुकका लागि यो भन्ला लाजमर्दाे कुरा अरु केहि पनि हुन सक्दैन । तर ओली सरकारले भने उक्त प्रतिवेदनको खण्डन गरेको छ । यस्तै ओली सरकारको यस्तै हर्कतका बिरुद्धमा प्रमुख प्रतिपक्षी दले नेपाली कांग्रेसमे मंसिर २९ गतेदेखी देशव्यापि पर्दशनको समेत घोषणा गरेको छ । सबैको घाँडो भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन प्रधानमन्त्री पदको लोभ गरेका, उनले तत्काल राजीनामा दिनुपर्छ भन्ने आवाजहरु ब्लियो हुँदै गएका बेलासमेत उनी टस्मस् हुने सम्भावनामा देखिन्न् ।





