२० मसिंर,काठमाडौं । प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले बहुमतका आधारमा पार्टी भित्र बल प्रयोग गरीएको आरोप लगाएका छन।
प्रधानमन्त्री ओलीले आफ्ना इच्छा बिपरीत भोली १ बजेका लागि स्थायी कमिटी बैठक तय गरीएको आरोप लगाएका हुन ।
उनले पार्टीमा बल प्रयोग हुन थालेको भन्दै,बल प्रयोग नगर्नै पनि सुझाव दिएका छन ।प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको पत्र उपयुक्त हैन,त्यसलाई फिर्ता लिन र त्यसलाई लिएर स्थायी कमिटीमा जान नमिल्ने तर्क राखेका छन ।
उनले आइतबारको स्थायी कमिटी बैठकमा आफ्नो तयारी नपुगेको र तयारी पुगेकाहरुलाई स्थायी कमिटी बैठकमा उपस्थित हुन पनि भनेका छन ।
बैठकमा सहमति नभएपछि बहुमत र अल्पमतबाट भएपनि बिबाद टुङग्याउने दाहाल र नेता नेपाल समुहको तयारी भएको भन्दै प्रधानमन्त्री ओलीले पार्टी भित्र बल प्रयोग भएको बताएका हुन। बैठकमा बामदव गौतमले प्रधानमन्त्री ओलीलाई समय आबश्यक भए,केहि समय दिउँ भन्ने प्रस्ताव राखेका थिए ।
सोही जवाफमा ओलीले निकाश निकाल्न खोजेको भन्दै कुनै पनि अवस्थामा आफुले प्रधानमन्त्री र पार्टी अध्यक्ष भने नछाड्ने अडान लिएका छन । उनले महाअधिबेशन सम्म अध्यक्ष नछाड्ने र चुनाव नभएसम्म प्रधानमन्त्री नछाड्ने बताएका छन ।





