आर्थिक

माछापुच्छ्रे बैंकले (corporatePAY) प्रणाली प्रदानगर्नै

२१ मसिंर,काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानीगर्न सकिने गरी “æcorporatePAYæ“ प्रणालीको सुरुवातगर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु-बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्गएप मार्फत बैंकमान गई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलबभुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत connectIPS क्ष्एक्मा रियल–टाइम वानन–रियलटाइममा भुक्तानीकारोबारहरु गर्न सकिनेछन् ।साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा“fæcorporatePAY“दुबैतर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र  भरपर्दो रहनेछन् ।

माछापुच्छ्रे बैंकले सदैव आफ्नाग्राहकहरुकानिम्तिविभिन्न डिजिटल भुक्तानीमाध्यमहरु प्रदानगर्दै आएको छ र यस corporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवाप्रदान गर्न थप टेवापुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहजहुने बैंकले विश्वास लिएको छ ।