२२ मसिंर,काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले निर्जीवन बिमा अभिकर्ता तालिम सञ्चांलन गर्नै भएको छ ।
कम्पनीले बीमा व्यवसाय अभिबृद्धीका साथै स्वरोजगारको अबसर सिर्जना गर्नै उदेश्यका साथ अनलाइन नीर्जीवन अभिकर्ताको तालिम संचालन गर्नै लागेको हो ।
उक्त तालिममा सहभागि हुन इच्छुक ब्यक्ति वा संस्थालाई आजसम्म कार्यलयमा निवेदन दिन आग्रह गरेको छ । तालिम भोलि २३ गते देखि २५ गते सम्म बिहान १० बजेदेखि साझँ ५ बजेसम्म सञ्चांलन हुने कम्पनीले जनाएको छ ।
तालिम लिन इच्छुक ब्यक्तिहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपी,शौक्षिक योग्यताको प्रमाणपत्र न्यनतम एसएलसी पास, पासपोर्ट साइजको फोटो, संस्थाको हकमा कुनै पनि संचालकले तालिम लिनुपर्नै , निबेदन तथा कागजपत्रहरु कम्पनीको केन्द्रिय कार्यलय,शाखाकार्यलयहरु साथै इमेल मार्फत पठाउन सकिनेछ, तालिम शुल्क नलाग्ने, बीमा इजाजतपत्र शुल्क रु ५०० लाग्ने कम्पनीले जनाएको छ ।






