२७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेतालाई कोरोना लागेको छ । कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल ट्वीट माफर्त उनले आफुमा कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक माफर्त मंसिर २६ गते गरिएको पिसिआर परिक्षण वाट आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
साथै उनले केही दिन यता आफ्नो नजिकको सम्पर्कमा रहेका सवैले आवस्यकता अनुसार पिसिआर परिक्षण गर्न र साबधानि अपनाउन अनुरोध गरेका छन् । नेता सिटौलाले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि बताएका छन् ।
उनको ट्वीटः हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । जयनेपाल !!!






