काठमाडौँ ३०, मंसिर । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ९३६ संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै बागमती प्रदेशको काठमाडौंमा ३१०, काभ्रेमा ३१, चितवनमा १, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासी पूर्वमा ४ , पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, वागलुङमा ६र स्याङजामा ४ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा १६, बर्दियामा ५, बाँकेमा २७, र रुपन्देहीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा १, रुकुम पश्चिममा २ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धरामा ३, डोटीमा १, दार्चुलामा ३ बझाङमा २ र बैतडीमा २ जनामा कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ । त्यस्तै थप १९ सय ९६ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ३८ हजार ५६९ जना कोरोनामुक्त भएका छन् । हाल ९ हजार ८८१ जना आइशोलेशनमा छन् भने ४५७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ वटा पिसिआर गरिएको छ ।





