१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भ्रष्ट/नालायक र अधिनायकवादी ओली सरकारलाई आन्दोलनको आँधीबेहरीले जरैदेखि उखेलेर फाल्नु पर्नेमा जोड दिएका छन् ।
सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्री सहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेकोमा बिरोध जनाउँदै यस्तो बताएका हुन् ।
नेता गुरुङले संबैधानिक परिषद सम्बन्धि अध्यादेश ओली सरकारको अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्र माथिको प्रहार भएको बताएका छन् ।
उनले ओली सरकारले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प नभएको धारणा पनि व्यक्त गरेका छन् ।
उनको ट्वीटः संबैधानिक परिषद सम्बन्धि अध्यादेश ओली सरकारको अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्र माथिको प्रहार हो । ओली सरकारले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प छैन। अन्यथा भ्रष्ट, नालायक, अधिनायकवादी ओली सरकारलाई आन्दोलनको आँधीबेहरीले जरैदेखि उखेलेर फाल्नु पर्छ।






