राजनीति

धनराजको आग्रहः मध्यावधि चुनावमा होमिने लोभ भन्दा लोकतन्त्र बचाउन लागौं

६ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले मध्यावधि चुनावमा होमिने लोभ भन्दा लोकतन्त्र बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरी आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा बैठक तोकेको प्रति आपत्ति जनाउँदै नेता गुरुङले अहिलेको अवस्थामा उम्मेदवार बन्ने रहर भन्दा पनि ओलीको अधिनायकवाद विरुद्ध लडन र लोकतन्त्र जोगाउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले संबिधान बिपरित प्रधानमन्त्ती केपी शर्मा ओली र राष्ट्रपती बिद्यादेबी भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही लाग्न नहुने धारणा व्यक्त गरेका छन्।

बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेको पछि लाग्दा लोकतन्त्र नै गुम्ने अबस्था आउन सक्ने भन्दै अहिले उमेदवार बन्ने रहर भन्दा अधिनायकवाद बिरुद्ध लड्ने बेला भएको बताए ।

उनको ट्वीटः संबिधान बिपरित प्र.म.ओली र रा.प.भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही नलोभिऔं । बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेको पछि लाग्दा लोकतन्त्र नै गुम्ने अबस्था आउन सक्छ। अहिले उमेदवार बन्ने रहर भन्दा अधिनायकवाद बिरुद्ध लड्ने बेला हो । जय नेपाल !