८ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्कमल दाहाल र माधव नेपाल समुहको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि फुट्ने पक्का भएको नेकपाका दुई छुट्टा–छु्ट्टै गुटभेला गर्नेगरेका छन् ।
यस्तै आज दिउँसो १ बजे बारेश्वरस्थित संसद भवनमा बस्ने बैठकले दलको नेता चएन गर्ने भएको छ । यसअघि मंगलबार बसेको केन्द्रिय समिति बैठकले केपी शर्मा ओलीलाई अनुशासनको रबाहि गर्दै हटाएको घोषणा गरेको प्रचण्ड–नेपाल समुहले नयाँ नेता छान्ने भएको हो । नेकपा नेता देव गुरुङका अनुसार संसदीय दलका नेताका रुपमा पुष्पकमल दाहाललाई चयन गर्दै छ ।
गत आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा संसद विघटन गरेपछि अधिकांस दलले बिरोध जनाएका छन् । भने सार्बाेच्चमा उक्त निर्णय सच्याउन माग गर्दै परेको रिट निबेदनमा आज सुनसुवाई हुँदै छ ।





