पु.समाचार

सर्बाेच्चमा सुरु भयो संसद विघटन बिरुद्धको रिट निवेदनमा सुनुवाई

८ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद विघटनको निर्णय सच्याउन माग गर्दै परेको रिटको निबेदमा सुनुवाई सुरु भएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्बाेच्च अदालतमा दायर रिटमा सुनुवाइ केहिबेर अघिदेखी सुरु भएको हाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ । सो सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरु प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाखमा चुनावको मिति घोषणा समेत गरेकी थिइन् ।

नेकपाका निवर्तमान सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाक्री र शशी श्रेष्ठ लगायतले पनि सर्वोच्चमा छुट्टै रिट दर्ता गरेका छन् ।