आर्थिक

नबिल बैंक र सायल गाउँपालिकाका बीच सम्झौता

८ मङ्सिर, काठमाडौँ । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामारहेका शाखामार्पmत स्थानिय निकायसँग समन्वय गरि साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ ।

सोहीउदेश्य अनुरुप मिति २०७७/९/५ मँ सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र मिति २०७७/९/६ मँपञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूर पश्चिमप्रदेश प्रमुख दिगेन्द्र चन्दविचएम.ओ.यु मा हस्ताक्षर सम्पन्नभयो ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिलाउद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थिए । उक्तकार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषितथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदानदिन सक्छ भन्ने विषयमा स्पष्ट पारे । गाउ“पालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउ“को आर्थिक विकासका गतिविधिमा थप टेवापुग्ने धारणा व्यक्त गरे।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।