११ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मणर गर्दै नेकपा अध्यक्ष दाहालले त्यहि नियति भोग्न नपरोस भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले राप्रपा बिभाजनका बेला तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको स्मरण गर्दै दाहालले त्यहि नियति भोग्न नपरोस भन्दै शुभकामना समेत दिएका छन् ।
साथै अध्यक्ष थापाले अर्काे ट्वीटमा फरक प्रसंग उल्लेख गर्दै २०६३ सालपछि कंग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेको आरोप समेत लगाएका छन् । अअध्यक्ष थापाले त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको बताएका छन् ।
थापाले नेकपा बिवादतर्फ संकेत गर्दै अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका दाहाल–नेपाललाई भएकै होला भनेका छन् ।







