आर्थिक

युवाहरुलाई लक्षित“युथम्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने

१८ पुस, काठमाडौँ / दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षितगर्दै “युथम्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार २५ हजार, १५ हजार र १० हजार क्रमश रहेको छ ।
यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्ययन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथम्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँप्रति भावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नव प्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ । पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चातजनवरी १५ तारिक माकुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीतजनवरी १८ तारिक सम्म अपलोड गरि सक्नुपर्नेछ। अन्तिम चरणमा “युथम्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७० प्रतिशत “युथम्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधार माग रिनेछ । दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य;शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभामा थेमा प्रधानले बताए। हाल कोरोनाको कहरको कारणले गर्दायुवाहरु माझ ब्याप्तमा नसिक तनाबलाई न्यूनिकरणका लागिपनि यो सांगीति ककार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।