आर्थिक

सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

२१ पुस, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पौष २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । बैंकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट,मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला,भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाण्डौं जिल्ला,कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुल ढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपानेबाट र काठमाण्डौं जिल्ला, टोखाशाखाको बैंकको सञ्चालक समितिका सदस्यउमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन बैंकका उच्च पदाधिकारीको उपस्थितिमा सम्पन्न गरियो ।
यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२०पुगेको छ ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।
चालु आवको असोज मसान्त सम्म यस बैंकले कुलनिक्षेप ८२.४२ अर्व रकर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
अन्यजानकारीका लागि बैंकको आधिकारीक वेबसाइटwww.centurybank.com.npतथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।