आर्थिक

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच नयाँ सम्झौता

२ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्रामअन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन डेभलपमेन्ट बैंकको तर्फबाट स्टेभनविक सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
एडीबीको AAA Credit मान्यताप्राप्त ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामाआजसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानलतथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित कार्यमा सहज हुनेछ ।
आफ्नाग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदानगर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसंग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवापुग्ने विश्वास लिएको छ ।
स्थापनाकालदेखि नै माछापुच्छ्रे बैंक लिरिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँप्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदानगर्नका लागि कटिवद्ध रहदै आएको छ । पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।