१६ माघ, दुहबी । सुनसरिको दुहबि नगरपालिकाले नगरबासिको हित र उन्नतिको लागि ‘जनता सग नगर प्रमुख’ कार्यक्रम अन्तर्गत आर्थिक बर्ष ७७/७८ को लागि आँखामा समस्या देखिएका तमाम नगरबासिहरुको लागि निःशुल्क आँँखा रोगको उपचार गरेको छ।
केहि दिनदेखि सँचालनमा आएको निःशुल्क आँखा रोगिहरुको उपचार तथा सल्यक्रिया सम्बन्धित उक्त कार्यक्रममा धेरैले उक्त सेवा लिन सफल भएका छन् । कार्यक्रम सन्चालनको ३ दिन मै ७३१ जनाले सेवा लिएका थिए, यो बिगत आर्थिक बर्षको तुलनामा दोब्बर भन्दा अधिक सन्ख्या रहेको छ।
गत आर्थिक बर्षमा जम्मा ३३३ जनाले लाभ लिएका थिए तर यस बर्ष तेस्को तेब्बर भन्दा अधिक सेवाग्राहि रहने जनस्वास्थ्य शाखा दुहबिले जनाएको छ।
यो बर्षको कार्यक्रम सुरुवात को पहिलो चरणमा सोनापुर ८ नम्बर बाट उक्त सेवा सुरु गरिएको थियो। उक्त क्लिमिकमा ३०० जनाले आँखा परिक्षण गराउदा ७७ जना मोतोबिन्दु १९ जना आँखामा मासु पलाएको र २ जना जलबिन्दुको बिरामी फेला परेका थिए। ति सबै किसिममा बिरामिलाइ प्रारम्भिक उपचार पछि बिराटनगर आँखा अस्पताल रानिमा रेफर गरिएको थियो।
दोश्रोदिन माघ ११ गते भोला निमाबि बसन्तपुरमा क्लिनिक रहेको थियो। उक्त क्लिनिकमा १७५ जना आखा रोगिले सेवा लिएका थिए। जसमध्य ४६ जना मोति बिन्दु, ५ जना आखामा मासु पलाएको र १२४ जना जलबिन्दुको बिरामीले प्रत्यक्ष लाभ लिएका थिए। यसैगरि तेस्रो शिबिर सिमरिया स्वास्थ्य चौकिमा रहेको थियो ।उक्त सिबिरमा २२५ जनाले आँँखा जाच गराउँदा ५७ जना मोतिबिन्दु ,१५ जना आखामा मासु पलाएको र १५३ जना जलबिन्दु भेटिएका थिए । उक्त सबै किसिमका बिरामीलाइ रानी आखा अस्पताल रेफर गरिएको छ।
जनतासँग नगर प्रमुख कार्यक्रम अन्तर्गत उक्त किसिम का सबै रोगि हरुको सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने नगर प्रमुख बेद गच्छदार ले बताउनु भयो। गच्छदारले आफ्नो सेवा अबधिभर आँखा सम्बन्धी जुन सुकै बिरामि लागेको भएपनि नगरबासिको लागि आफ्नो बुताले भ्याएसम्म निशुल्क सेवा प्रदान गर्ने बचन दिनु भएको छ। गच्छदार ले ू म नगरमा रहेसम्म कोहि नागरिक उपरोक्त ३ किसिमको आँखा रोगले अन्धो हुनु पर्ने छैनू बताए । पैसाकै कारण वा लापरबाही को कारण यस्तो रोगको सिकार भए जो कसैले नगरपालिका को जनस्वास्थ्य मा खबर गरे यस्को चौबिसै घन्टा सातै दिन सेवा नगर ले दिने गच्छदार ले बताए ।
जनता सग नगर प्रमुख कार्यक्रम अन्तर्गत आखा सम्बन्धि मात्रै हैन नगर आवास योजना समेत सन्चालनमा छन। आफु नगर प्रमुखमा बिजय भए पस्चात गच्छदारले समग्र दिनदुखि असाहाय र बिभिन्न समुदायका नागरिकको जिउ धन, सुरक्षा ,बिकाश र समृद्धि को लागि आफ्नो ज्यानको परवाह नराखि अहोरात्र खटिरहेका छन्। जनताले यहि यस्तै कार्यको लेखा जोखा राखेको हुदा गच्छदार लोकप्रिय हुदै गएकाछन्।






