१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँकर्जा सुविधाहरु अन्तर्गत ‘Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan सार्वजानिक गरेको हो । हालविश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको वेलामा हाम्रो देश पनि यसवाट टाढा रहन सकेन ।
यस विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहजतवरवाट कमव्याजदरमाकर्जा सुविधादिएर लगानीको वातावरण सृजनातथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवापुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
दुबै कर्जा सुविधाहरु ८.८८ प्रतिशत ब्याजदरमा उपलब्धभएको र धितो मुल्याङ्कनको शतप्रतिशत ‘Garima Easy SME Loan मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत ‘Garima Easy Home Loan माकर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथावित्तिय संस्थाबाट निःशुल्ककर्जा सार्न सकिने र दुवै कर्जाको सेवाशुल्कमापनि ५०प्रतिशत सम्म छुट सुबिधा पाउन सकिने छ ।
हालगरिमाविकास बैंकले १०६ शाखाकार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षितएवमं गुणस्तरिय बैकिङ्ग सुविधादिदै आईरहेको छ ।





