आर्थिक

मुक्तिनाथ विकास बैंकबाट‘वीच्याट–पे’भुक्तानी सेवा

१८ माघ, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुकचीनको प्रख्यात भुक्तानी सेवा‘ वीच्याट –पे’संग साझेदारी गरेको छ । उक्तसम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेमा थिए। यो सम्झौता पछि वीच्याट –पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । चीनमानिकै लोकप्रिय रहेको वीच्याट –पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वाव्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट –पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतकोजुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।