१८ माघ, काठमाडौँ । सानिमा बैंकले सामसुङको S21 series खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य ५ ब्याजदरमा मासिक किस्ताबन्द(EMI)को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, IMS Smart Pvt. Ltd / Him Electronics Pvt. Ltd. (Samsung Plaza) संग सम्झौता गरेको छ ।
ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (EMI)सुबिधाका साथै निःशुल्क EMI प्रशासनिकशुल्क र सामसुङको तर्फबा आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ । सामसुङ S21 series कोप्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गते बाट उपलब्धहुने अपेक्षा गरिएको छ ।ग्राहकहरुले]IMS Smart Pvt.Ltd/ Him Electronics Pvt. Ltd. (Samsung Plaza) काविभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।
सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदनदिनकालागि https://cardrequest.sanimabank.com/credit-card/online-application मालगईन गर्नुहोला ।
सानिमा बंैकको सातै प्रदेशमाहाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टरर ८६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंककोडेविट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मालगईन गर्नुहोला ।





