आर्थिक

बङ्गलादेश बैंकद्वारा चाबहिलमा क्यूआर कोडको माध्यमद्वारा कारोबार सुरु

७ फागुन, काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको शुरुवात भए संगै यसलाई जनमानसमा नगद रहित क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमाविस्तार गर्ने नेपाल राष्ट्र बैंकको योजना रहेको छ । नगद रहित कारोवारलाई प्रवर्धन गर्ने नेपाल राष्ट «बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकको चावहिल शाखा द्वारा काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोड संगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत गरिएको छ । नेपाल बङ्गलादेशले शुक्रबार एक समारोहका बिच सो कार्यको सुभारम्भ गरेको हो ।

उक्त सुभारम्भ कार्यक्रमको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्युआर कोड वितरण गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरीक्यू आर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए । साथै डेपुटी गभर्नर श्री सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिंदै बैंकले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित पनि गरेका थिए । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराएका थिए । बैंकले ग्राहक तथा ब्यापारी बर्गहरुको सुबिधालाई ध्यानमा राखी उक्त वल्र्ड लिंकसंगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।
हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।