आर्थिक

सिभिल बैंकले भर्चुयल माध्यमबाट सम्पन्न गर्यौ दशौं साधारणसभा

९ फागुन, काठमाडौं । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति आज भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुनआउने ६४ करोड दुई लाख एकहत्तर हजार १७३ रुपैया ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागिप्रति शेयर ०.४२ प्रतिशतका दरले हुन आउने ( तिन करोड ३६ लाख ९८ हजार ४८२ रुपैया ८४ पैसा नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७७/०७८को लेखापरिक्षण गर्नको लागि“एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने/हुनेवा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौतागर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदानगर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवातथा सुबिधामा विशेष ध्यानदिंदै ग्राहकसेवा लाइनिरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव पाँचलाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।