२५ फागुन, काठमाडौं । राष्ट्र बैंकको डिपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम तिमिल्सिनालाई सरकारले बढुवा गरेको छ । आज अपरान्ह बसेको मन्त्रीपरिषद बैठकले १७ जना सिफारिस हुँदा एकजना महिलासहित दुईजना बढुवा भएका हुन् ।
आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा डिपुटी गभर्नर हुनका लागि योग्यता जरुरी छ ।
आजको बैठकले डिपुटी गभर्नरमा दुई बरिष्ठ ब्यक्तीलाई बढुवा गरिएको बताए ।





