१९ चैत, काठमाडौं । मनकामना केवलकार कम्पनीले केवलकार सेवाको संचालन मिति २०५५ साल मंसीर ८ गते देखि शुरूवात गरी हाल सम्म २३ औं वर्षमा प्रवेश गरी सकेको बताएको छ । कम्पनीले सबैको सहयोग, सद्भाव र माया पाएकोले यहांसम्म सफलताका साथ केवलकार सेवा संचालन गर्न सक्षम भएको बताएको छ । हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयां प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने जानकारी गराएको छ ।
कम्पनीले यस्ता योजना ल्याएको छ प्रथम चरणः तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने, दोस्रो चरणः नयां प्रविधि मैत्री बनाउन पुर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जा फेर्ने, अन्तिम चरणः अन्तिम चरण: हाल Analogue System बाट Digital System मा स्तरोन्नति गर्ने, केवुल लठ्ठा फेरबदल गर्ने, Communicate Cable लाई Setra Cable मा रुपान्तरण गर्ने, DC Drive लाई AC Drive मा रुपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाउने ।
उपरोक्त तीन चरणमा कार्य गर्न जम्मा करीब २ वर्षको अवधि अर्थात् पच्चिसौं वार्षिक उत्सबमा नयां प्रविधिबाट संचालन हुन जाने जानकारी गराएको छ । उपरोक्त कार्य गर्दा नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुन जाने समस्त यात्रुजन तथा भक्तजनहरुलाई जानकारी गराएको छ । सो अवधि भर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत संचालन हुने जानकारी समेत कम्पनीले गराएको छ ।





