स्वास्थ्य

आज कोरोनाका कारण १९६ को निधन, भेटिए ८ हजार २०३ जना संक्रमित

४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९६ जनाको निधन भएको छ । आजका मृतकपछि नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ५४ सय १ज्ञ जना पुगेको छ । आज कोरोना संक्रमितहरु देशभर ८ हजार २०३ जना थपिएका छन् ।

देशभर हालसम्म ४ लाख ७२ हजार ३५४ जना संक्रमितहरु थपिएका छन् । आज ६ हजार ८९१ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ जनामा कोरोना परीक्षण गरिएकेमा उक्त संक्रमण भेटिएको हो ।