२ असार, काठमाडौं । सिंधुपाल्चौकको मेलम्ची र इन्द्रावतीमा आएको बाढीले कम्तीमा ५० जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा भएको बाढी र पहिरोमा परी क्षति भएको छ । क्षतीको पूर्ण बिबरण आउन बाँकी भएपनि नारायणी नदीले, बुटबलमा तिनाउले स्थानीयलाई त्रसित बनाएका छन् । सिन्धुपाल्चौकको हेलम्बुमा पहिरो गएको समाचार छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामागंलाई उदृत गर्दै ५० भन्दा बढी सिन्धुपाल्चौकमा बेपत्ता भएको समाचचार छ । सिन्धुपाल्चौकमा यातायात सम्पर्क बिच्छेद भएको बताईएको छ ।
बाढी र हिरोको जोखिमका कारण हेलम्बु गाउपालीका २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बिजुली छैन, हामी सबै नगरपालिका र अन्यतिर सुरक्षित स्थानमा सरेका छौं भनेर स्थानीयले स्पष्ट गरेका छन् ।





