समाचार

मन्त्रीपरिषद पुनःगठनको सुनुवाई गर्ने इजलास तोकियो प्रधानन्यायधीश राणाको इजलासमा

८ असार, काठमाडौं । मन्त्रीपरिषद पुनःगठनको मुद्धाको सुनुवाई गर्ने प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणा र न्यायधीश प्रकास कुमार ढुंगानाको इजलासमा आएको छ । अधिवक्ता दिनेश कुमार त्रिपाठीद्वारा दायर गरेको मन्त्रीपरिषद पुनःगठन असंबैधानिक भन्दै दर्ता गरेको रिटमा सुनुवाई गर्ने इजलास प्रधानन्यायधीश राणा र ढुंगानाको इजलासमा परेको हो ।
प्रधानमन्त्री ओलीले बिश्वासको मत लिन नसकेको र काम चलाउ सरकार भएको भन्दै उक्त मन्त्रीपरिषद पुनःगठन असंबैधानिक भएको र खारेज गर्नुपर्ने माग गरिएको छ ।