१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ । यसै समयमा कोरोना संक्रमितहरु २७ सय ६० जना थपीएका छन् । आज १० हजार ९८५ जनामा कोरोना परीक्षण गरिएको थियो । आजसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१४५ जना पुगेको छ । ४०१७ जना कोरोना संक्रमणबाट आज मुक्त भएका छन् ।





