पु.समाचार

कोरोनाले आज १९ जनाको निधन, ३२ सय १८ जना थपीए संक्रमित

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ सय १८ जना कोरोना संक्रमितहरु थपीएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यसै समयमा कोरोनाबाट निधन हुनेको संख्या १९ जना छ । कोरोना संक्रमण केही दिनदेखी बढ्दै गएकबो अवस्थालाई हेर्दा आज मृतक र संक्रमित दुबै संख्या घटेको छ ।
आज १७ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने अहिलेसम्म कारोनाका कारण निधन हुनेको संख्या १० हजार ३८ पुगेको छ ।
१३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा आका संक्रमितहरु थपीएका हुन् । अहिले देशभर ३५ हजार ४३२ जना कोरोनाका सकृय संक्रमितहरु रहेका छन् ।