१३ आश्विन, काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।
११ गते सोमबार का दिन प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट र बैंक बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था, नेपालका अध्यक्ष समेत रहेका छन् ।
२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विधुत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।
कम्पनीका अनुसार आयोजनाबाट बार्षिक १३३-३० गिगावाट घन्टा विधुत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४।७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८।६ गिगावाट घण्टा हुनेछ ।





