आर्थिक

कामना सेवाद्वारा Unifocal Reading Glass को शुभारम्भ

१६ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक Unifocal Reading Glass को सेवा शुभारम्भ गरेको छ ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष  सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा गोपाल प्रसाद पोख्रेलले संयुक्त रुपमा शुक्रबार एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका छन् ।

बैंकले यस अगाडि पनि visually impaired व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ ।