समाचार

सर्बाेच्चको किचलो लम्बिने संकेतः सहमती विपरीत जबराले आफैलाई तोके ईजलास

२२ कार्तिक, काठमाडौं । सर्बाेच्च अदालतमा जारी बिबाद लम्बिने संकेत देखिएको छ । एकातिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलित छ भने अर्का तर्फ जबराले आज आफैलाई ईजलास तोकेका छन् ।

यद्यपी प्रधानन्यायाधीश जबरा ईजलासमा बसे अन्य न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्धा समेत नहेर्ने यसअघि नै चेतावनी दिईसकेका छन् । दोस्रो ठुलो चार्ड तिहार बिदा सकिए पछि अदालत खुलेकै पहिलो दिन जबराले आफु सहित डा कुमार चुडालको संयुक्त ईजलास तोकेका छन् ।

आफुसंग असन्तुष्ट न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले यसअघि आफूले मुद्दा नहेर्ने सन्देश पठाएर वार्ता चलिरहेको थियो । तर उनले न्यायाधीशहरुसंगको सहमती बिपरित ईजलास तोकेपछि सर्बाेच्चको किचलो झनै बढ्ने देखिएको छ ।

प्रधानन्यायाधीशको काम कारबाहीबाट रुष्ट हुँदै ईजलास नै बहिष्कार गरेका न्यायाधीशहरु दुई सर्तमा ईजलास फर्कन तयार भएका थिए ।