समाचार

मन्त्रीपरिषद बैठक लगत्तै सत्तारुढ गठबन्धनको बैठक बस्दै

२२ कार्तिक, काठमाडौं । मन्त्रीपरिष्दको बैठक लगत्तै आजै सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार मन्त्रीपरिषद बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने भएको हो ।

उक्त बैठकमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाईएको छ ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरुलाई बोलाईएको बताईएको छ ।

लामो समयदेखी बस्न नसकेको गठबन्धनको बैठक प्रधानमन्त्री बेलायतबाट फर्किएपछि बस्न लागेका कारण महत्वका साथ हेरिएको छ ।