समाचार

वर्तमान नेतृत्व परिवर्तन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुन्छः नेता सिंह

२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले नेतृत्वको कडा आलोचना गरेका छन् ।  सिन्धुलीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले नेतृत्व परिवर्तन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने बताएका छन् ।

कांग्रेसको साख जोगाउनलाई पार्टीमा नेतृत्व परिर्वतन अनिवार्य भएको नेता सिंहले बताएका छन् । वर्तमान नेतृत्वका कारण जनतामा नेपाली कांग्रेसप्रति विश्वास गुमेको भन्दै नेता सिंहले यस्तो बताएका हुन् ।

वर्तमान नेतृत्वले विधि र नीति समाप्त पारेको भन्दै यहि नेतृत्व कायम रहे जनताको बिश्वास कांग्रेसबाट हट्ने भन्दै वर्तमान नेतृत्व फाल्न नसके आगामी दिन झनै कष्टकर हुने समेत बताएका छन् ।

नेता सिंहले आफ्नै अधिवेशन गर्न नसक्ने कांग्रेसले देश कसरी चलाउछ भन्दै जनताबाट प्रश्न उठ्न थालेको पनि बताएका छन् ।

वर्तमान नेतृत्वलाई कुनैपनि हालतमा फाल्नुपर्नेमा जोड दिँदै नेता सिंहले यो नेतृत्व कायम रहे कांग्रेसको साख समाप्त भएर जाने बताएका छन् ।