समाचार

अधिकारीको निधनमा मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

२३ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गररेका छन् ।

नेकपा ९एकीकृत समाजवादी०का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् । २८ वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो ।

मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ ।