समाचार

सर्बाेच्चलाई पुरानै लयमा फर्काउने प्रयासः जबराले तोके आफुसहित १० ईजलास

२३ कार्तिक, काठमाडौं । राजीनामाका लागी दबाबमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्बाेच्चलाई पुरानै लयमा फर्काउन चाहेका छन् ।

नेपालबार एसोसिएसनको अगुवाईमा सर्बाेच्चका नयायाधीशहरु राजीनामा माग्दै बिरोधमा उत्रिरहेका बेला जबराले भने आज १० वटा ईजलास तोकेका हुन् ।

उनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धामा पनि पेशी तोकेका छन् । जबराले आफुलाई एकल ईजलास र अन्य १६ न्यायाधीशहरुलाई ९ वटा संयुक्त ईजलास तोकेका छन् ।

जबराले आज आफुलाई बिभिन्न ७ वटा मुद्धाामा पेसि तोकेका छन् । यसअघि सोमबार जबराले बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका थिए ।

उनले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका थिए । प्रधानन्यायाधीशसहित तोकिएको संयुक्त इजलासमा आफ्नो कार्य व्यस्तताको कारण देखाउदै न्यायाधीश कुमार चुडाल बसेका थिएनन् ।