समाचार

अन्ततः कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाको क्रियाशील सदस्य विवाद

२४ कार्तिक, काठमाडौं । अन्ततः नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्य विवाद टुंग्याएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेपछि देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगीएको हो ।

शिर्ष नेतृत्वले क्रियाशील विवाद समाधान गर्ने प्रतिवद्धता जनाएपछि सयौं दिनदेखी रिले अनशनमा बस्दै आएका रौतहटका नेपाली कांग्रेसका कार्यकर्ताले अनसन तोड्न लागेको कांग्रेस मुख्य सचिव कृष्ण चन्द्र पौडेलले जानकारी दिएका छन् ।

साथै नेपाली कांग्रेस अधिवेशन हुन बाँकी रहेका १३ वटा जिल्ला बाँके, कैलाली, सप्तरी, सिराहा, सर्लाही धनुषा, रौतहट, महोत्तरी, धनुषा, सुर्खेत, डोल्पा, रसुवा र पर्सामा कार्तिक २७ गते वडा अधिवेशन हुने भएको छ ।