२४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ढाप्रसाद सिटौलाले महाधिवेशनको कार्यतालिका अत्यन्तै छोटो भएपनि एकदिन पनि परिवर्तन नहुने भएका छन् ।
आज काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत व्यक्त गरेका छन् ।
उनले देशका जनताको हितमा काम गर्न मुलुकका सम्पुर्ण राजनीतिक दलहरु एकतावद्ध भएर अगी बढ्नुपर्नेमा समेत जोड दिएका छन् ।





