समाचार

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै सर्बाेच्चमै कुर्लिए कानुन व्यवसायी

२५ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्दैशमशेर जबराको राजीनामा माग्दै नेपालबार एसोसिएसनको अगुवाईमा आन्दोलित कानुन व्यवसायी आक्रामक बनेका छन् । जबरा द्धिरुद्ध आज सर्बाेच्चमा धर्ना दिन पुगेका उनिहरुले भ्रष्ट पधानन्यायाधीश जबरा राजीनामा दे भन्दै चर्काे नारावाजी गरेका छन् ।

जबराको रानीनामा माग्दै नेपालबार एसोसिएसनले तिहार अगाडी देखी नै बिरोध गर्दै आएको छ भने सर्बाेच्चका कानुन व्यवसायीहरुले भने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्धाको सुनुवाई गरेका छैनन् । आन्दोलित उनिहरुले पहिलो पटक भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका हुन् ।

सर्बाेच्च परिषरमा धर्ना दिएका कानुन व्यवसायीले चोलेन्द्रका मतियार होसियार–होसियार, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे राजीनामा दे जस्ता नारा लगाएका थिए ।

जबराको राजीनामा माग्दै पहिलो चरणको आन्दोलन सकाएका उनिहरुले दोस्रो चरणका आन्दोनलका कार्यक्रम तिहार भोलि पल्टदेखी सुरु गरेका हुन् ।जबरालाई राजीनामा का लागी ५ दिने अल्टिमेटम दिएपनि जबराले भने राजीनामा नदिने अडान पछि नेपाल बारले दोस्रो चरणको आन्दोनका कार्यक्रम सार्वजनिक गरेको हो।

उता प्रधानन्यायाधीश जबराले भने अन्य मुद्धालाई प्राथमीकता दिँदै बन्दीप्रत्यक्षीकरणका निवेदनलाई पछि पारेका छन् ।साथै आन्दोलित कानुन व्यवसायीमाथि प्रहरीले हस्तक्षप गरेसंगै तनाव सुरु भएपछि अहिले सर्बोच्च परिसरमा शसस्त्रको टोलि खटाईएको छ ।