२५ कार्तिक, काठमाडौं । पेट्रोलिय पर्दाथमा भएको मुल्यबृद्धिको बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
सरकारले हालै गरेको मुल्यबृद्धि बिरुद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्ददेखी विभिन्न बिरोधका कार्यक्रमको सार्वजनिक गरेको हो । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज बिज्ञप्ति जारी गर्दै मुल्यबृद्धि बिरुद्धमा नेपाल बन्ददेखी देशव्यापी बिरोधको कार्यक्रम घोषणा गरेका हुन् ।
बिरोधका कार्यक्रम अन्तर्गत आज ३ बजे देशव्यापी प्रदर्शन, कार्तिक २६ गते प्रचार–प्रसार र साँझ मशाल जुलुस, २७ गते देशव्यापी प्रदर्शन, २८ गते १ घण्टा चक्का जाम, २९ गते दिउँसो सिट्टी जुलुश साँझ मशाल जुलुस र ३० गते नेपाल बन्दका कार्यक्रम सार्वजनिक गरेका हुन् । पेट्रोलिय पर्दाथको मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै महासचिव विप्लबले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने उल्लेख गरेका छन् ।
साथै उनले बिज्ञप्ति माफर्त सरकारलाई मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेका छन् । नेकपाले देशव्यापी बिरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने उल्लेख गरेको हो । साथै उक्त बिरोधमा उत्रन पार्टीका सबै जनवर्गीए संगठन र सम्पुर्णमा महासचिव विप्लबले अपिल समेत गरेका छन् ।






