समाचार

महासचिव पौडेल भन्छन्ः जबराले घुस पैठ गरि आन्दोलन दबाउन खोजे, झनै कडा रुपमा उत्रिन्छौं

२६ कार्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफुहरुको आन्दोलनलाई घुसपैठ गरेर दबाउन खोजेको आरोप लगाएको छ ।

एशोसिएसनका महासचिव लिलामणी पौड्लले जबराले घुसपैठ गरि आन्दोलन दबाउन खोजेको भन्दै झनै कडा रुपमा उत्रिने चेतावनी दिएका छन् ।

कानुन व्यवसायीको धर्नालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।आन्दोलीत कानुन व्यवसायी अहिले सर्बाेच्चको मुल गेटमै धर्नामा बसेका छन् भने विभिन्न कानुन व्यवसायीले सम्बोधन गरिरहेका छन् । साथै आज उनिहरुले प्रधानन्यायाधीश जबरालाई सर्बाेच्चमा छिर्नै नदिने अडान लिएका छन् ।

साथै आज बिहान धर्ना दिन पुगेका कानुन व्यवसायी र जबरा पक्षका कानुन व्यवसायीबिच झडप समेत भएको थियो । अहिले सर्बाेच्चमा चार तहको सुरक्षा घेरा तैनाथ गरिएको छ ।