२६ कार्तिक, काठमाडौं । अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्बाेच्च प्रवेश निषेध गरेका आन्दोलित कानुन व्यवसायीको आँखा छलेर जबरा सर्बाेच्च प्रवेश गर्न सफल भएका छन् ।
उनि नियमीत प्रवेश गर्ने भन्दा फरक गेटबाट सर्बाेच्च प्रवेश गरेका छन् । मुलगेट अगाडी यतिबेला कानुनव्यवसायी धर्नामा बसेका छन् ।
नेपाल बार एशोसिएसनले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिइरहेको छ ।
बिहीबार अदालत परिसरमा प्रहरीले हस्तेक्षप गरेपछि बारले शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने कार्यक्रम तय गरेको थियो । तर जबरा भने सर्बाेच्च प्रवेश गरेका छन् ।





