२६ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घर छाडेर हिँडेकाहरु फेरी आफ्नै घर फर्कीने बताएका छन् ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुराम, विप्लव र मोहन बैद्य किरण पनि अन्ततः माओवादी मै आउछन भन्नेमा आफु ढुक्क रहेको बताएका छन् ।
साथै अध्यक्ष प्रचण्डले बाबुराम, किरण र विप्लव लगाएतका नेताहरुलाई अंकमाल गर्ने दिनको प्रतिक्षमा रहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी आन्दोलन र प्रचण्डलाई सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह समेत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले एकै समयमा थुप्रै प्रचण्डहरु जन्मन समेत सक्ने बताएका छन् ।





