समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

२७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या आएको छ । आज बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि महोत्तरी जाने कार्यक्रम स्थगित गरी घरमै आराम गरेका उनी चेकजाँचका लागि अस्पताल गएका हुन् ।

एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा घरमै आराममा थिए । रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न अस्पताल लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।