२८ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एशोसिएसनले आजपनि जबरालाई सर्बोच्च प्रवेशमा रोक्ने भएको छ ।
जबरालाई सर्बाेच्च प्रवेशमा रोक्ने तयारी सहित नेपालबार एशोसिएसनको अगुवाईमा कानुन व्ययसायीहरु धर्ना दिन पुगेका छन् ।
जबराको राजीनामा माग्दै करिब दुई साता देखी आन्दोलीत बारले शुक्रबार जबरालाई रोक्न खोजेपनि जबरा फरक गेटबाट भित्र छिरेका थिए । कानुन व्यवसायीले आज फरक गेटमा पनि धर्ना दिने कार्यक्रम बनाएका छन् ।
शुक्रबार प्रहरीले उनिहरुलाई सर्बाेच्च भित्र छिर्न दिएको थिएन भने आज उनिहरु सर्बाेच्चकै परिसरभित्र प्रहरीको घेरा तोड्दै छिरेका छन् ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।





