समाचार

जबरालाई बारको चेतावनीः बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्नुस्

२८ कार्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले आफुहरुको आन्दोलन रोक्ने चेष्टा नर्गन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई चेतावनी दिएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्बाेच्चको मुलगेटमा धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै बिचौलिया घुसपैठ गराएर आफुहरुको आन्दोलन असफल पार्ने चेष्टा नगर्न चेतावनी दिएका हुन् ।

साथै उनले जबरालाई आफ्ना बिचौलिया नियन्त्रणमा राख्न समेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपालबार एशोसिएसनको अगुवाईमा आन्दोलित कानुन व्यवसायीहरुले आजपनि जबरालाई सर्बाेच्च प्रवेशमा रोक्न सर्बाेच्चकै परिसरमा धर्ना दिएका छन् ।